वर्षाको उच्च जोखिम भएपछि शुक्रबार र शनिबार रात्रिकालिन बस नचलाउने निर्णय



काठमाडौं,असोज १० । शुक्रबार र शनिवार अर्थात् असोज ११ र १२ गते रात्रीकालिन बस नचलाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै भोलि र पर्सि रात्रीकालीन बस नचलाउन भनेको हो ।

जल तथा मौसम विज्ञान विभागले आज (असोज १० गते बिहीबारदेखि आगाी आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहने प्रक्षेपण गरेको छ। उक्त अवधिमा सातै प्रदेशका ५६ जिल्लामा उच्च जोखिम रहेको जनाएको छ ।

चार दिन भारी एवं अति भारी मानसुनी वर्षाको उच्च जोखिम रहेकाले शुक्रबार र शनिबार रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्