दैनिक रेकर्ड तोड्दै हालसम्मकै महँगो बन्यो सुन, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं,असोज १० । सुनको भाउले दैनिक रेकर्ड बनाएको छ । बिहीबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ आज तोलामा ३०० रुपैयाँ वृद्धि भएको छ। योसँगै आजका लागि कारोबार मूल्य १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ । यो नै हालसम्मको उच्च हो । बुधवार पनि १ लाख ६० हजार ४०० रुपैयाँ पुगेर ऐतिहासिक रेकड कायम गरेको थियो ।
यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य भने स्थिर छ । बुधवार चाँदी १ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको छ ।