सोल्टी होटेलको स्वतन्त्र संचालक जोशीको राजिनामा स्वीकृत



काठमाडौं,असोज ९। सोल्टी होटल लिमिटेड (कम्पनी) को स्वतन्त्र संचालक दिपक राज जोशीको राजिनामा स्वीकृत भएको छ । उनले गत भदौ २३ गतेदेखि लागू हुने गरि पदबाट राजिनामा दिएका थिए ।

उनी नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखमा नियुक्ति भएकाले सोल्टी होटलको स्वतन्त्र संचालकबाट राजिनामा बुझाएका हुन् ।

उनको राजिनामा मंगलबार बसेको होटल संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्