नयाँ कीर्तिमानी उचाईमा सुनको मूल्य, प्रतितोला १ लाख ६० हजार नाघ्यो



काठमाडौं,असोज ९ । सुनको फेरि कीर्तिमानी उचाईमा पुगेको छ । बुधवार छापावाला सुनको तोलाकै १ लाख ६० हजार नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।

तर, साताको चौंथो कारोबार दिन भने तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ। योसँगै आज सुनको भाउ १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

महासंघका अनुसार आजका लागि चाँदीको भाउ पनि ह्वात्तै महंगिएको छ । आज तोलामा ३५ रुपैयाँ वृद्धि भई १ हजार ९५५ रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्