तनहुँमा पुरुषको शव भेटियो



तनहुँ,असोज ८ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार नजिकै मङ्गलबार बिहान पुरुषको शव फेला परेको छ । भानु मार्गको सडक छेउ नजिकै झाडीमा निर्वस्त्र अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

प्रनाउ रायका अनुसार प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान भइरहेको छ । शवलाई पोष्टमार्टमका लागि दमौली अस्पतालको गृहमा राखिएको छ ।

मृतक करिब ३५ वर्ष उमेरको कालो रङ्गको भएको प्रहरीले जनाएको छ । शवको हालसम्म सनाखत हुन नसकेको र अनुसन्धान भइरहेको रायले बताए । मङ्गलबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्