सुनको मूल्यमा दैनिक रेकर्ड ब्रेक, हालसम्मकै महँगो बन्यो



काठमाडौं,असोज ८ । सुनको भाउ निरन्तर वृद्धि भएको छ । छापावाला सुनको भाउ मंगलबार पनि तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो ।

सोमबार १ लाख ५९ हजार २०० रुपैयाँ कायम भई कीर्तिमानी उचाई बनाएको थियो । तर, पुनः वृद्धि भई १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि चाँदीको भाउ भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर १ हजार ९१६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्