नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको भिभो भि ४०  प्रिमियम स्मार्टफोन सार्वजनिक



काठमाडौँ,असोज ८ ।  स्मार्टफोनको चर्चित ब्रान्ड भिभोले   भी४० सार्वजनिक गरेको छ । भि४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको नवीनतम प्रविधि भएको स्मार्ट फोन भएको कम्पनीले जनाएको छ । स्मार्टफोनबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पुर्‍याउने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ । 

भिभोले सार्वजनिक गरेको ५ हजार ५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन बताइएको छ । भि४० मा उच्च ’थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । जसले फोनको आकर्षक दृश्य र टिकाउपन दुवैको सुनिश्चितता गर्छ । 

सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २:३९:१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ । फोटोग्राफी तर्फ भने यसमा एफ् १.८८ अपर्चर सहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ । जसले कम प्रकाशमा पनि स्पष्ट पोर्ट्रेटहरू खिच्न सक्दछ । 

शक्तिशाली अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस्) भएकाले धमिलोपन कम गर्दै स्पष्ट र उज्यालो फोटोहरू लिन सकिन्छ । 

निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने छ ।जसमा एजि फ्लोराइड शिमर र एन्टी–फिंगरप्रिन्ट कोटिङ सुविधा रहने छन् ।

क्वालकम स्न्यापड्र्यागन ७ जेन ३ द्वारा संचालित भिभो भि४० मा १२/१२ जिबी को र्‍याम रहेको छ ।

६५ हजार ९९९ मूल्यमा बजारमा आएको यो फोनको लागी प्री–बुक गर्दा उपहार समेत पाइने कम्पनीले जनाएको छ । प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महीना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टि पाउने छन् । प्री–बुकिङ २०२४ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४ सम्म खुल्ला रहने छ । 

प्रतिक्रिया दिनुहोस्