राप्ती खोलामा बगेर एकको मृत्यु



हेटौंडा,असोज ७ । राप्ती खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका –१ चाइना क्वाटर बस्ने ४९ वर्षीय दीपक कार्कीको आइतबार दिउँसो मृत्यु भएको हो । 

बिहान घरबाट हिँडेका कार्की चाइना क्वाटर पछाडि रहेको राप्ती खोलामा आएको बाढीले माथिबाट बगाई ल्याएको अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

उद्धार गरी हेटौँडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा डाक्टरले मृत्त घोषणा गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्