दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति



काठमाडौ,असोज ६ । साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोद्वारा आइतबार भक्तपुरबाट पक्राउ गरिएका प्रसाईंलाई सोही दिन जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्