झोरका महिलालाई पञ्चेबाजा तालिम



काठमाडौ,असोज ६ । टाेखा नगरपालिका वडा नम्बर १ झाेरका महिलालाई पञ्चेबाजा तालिम दिइएको छ ।

आत्मनिर्भर बनाई स्वरोजगार बनाउने तथा परम्परागत रुपमा रहेको लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सो तालिम महिलालाई प्रदान गरिएको टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष रमेशकुमार लामिछानेले बताए ।

तालिममा झोरका २७ जना महिलाको सहभागीता रहेको अध्यक्ष लामिछानेले बताए । तालिम २ महिनासम्म संचालन गरिएको थियोे ।

समापन कार्यक्रममा टाेखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, जिल्ला समन्वय सदस्य राजकुमार विडारी, नगरकार्यपालिका सदस्य सुनिता श्रेष्ठ परियार , वडा सदस्य सुनिता अधिकारी काफ्ले, प्रमुख प्रशिक्षक काेपिला देवकोटा,प्रशिक्षक लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्