धरहरा खुल्यो, सर्वसाधारणको भीड



काठमाडौं,असोज ४ । २०७२ सालको भूकम्पमा ढलेको धरहरा त्यसको करीब साढे ९ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ । 

शहरी विकास मन्त्रालयले संविधान दिवसको अवसरमा बिहीबारबाट सर्वसाधारणले चढ्न पाउने गरी धरहरा खुला गरेको हो । यससँगै धरहरामा चढ्न तथा अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ ।

हाललाई अनलाइनबाट निःशुल्क टिकट काटेर धरहरा अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्