सैनिक मञ्चमा संविधान दिवसको रौनक



काठमाडौं,असोज ४ । बिहीबार असोज ३ गते अर्थात् संविधान दिवस । यो अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर मनाइयो । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । उक्त समारोहमा संविधान दिवस मुल समारोहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । 

सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८१’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । साथै नेपाली सेनाको टोलीले मार्चपाससमेत गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्