संविधान सुधार गर्न आवश्यक छ – नेता मैनाली



नुवाकोट,असोज ४ । नेकपा (एमाले) नुवाकोटका अध्यक्ष एवम् पुर्वमन्त्री बद्री मैनालीले संविधान संसोधन गर्न आवश्यक भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा जिल्लाको तादी र पञ्चकन्या गाउँपालिकाद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता मैनालीले यस्तो बताएका हुन् ।

‘संविधान चेक एण्ड ब्यालेन्स नहुदा काठमाडौमा भद्रगोल सिर्जना भएको छ’ नेता मैनालीले भने – ‘स्थानीय संयन्त्रलाई हेर्ने एउटा छुट्टै ब्यवस्थापन संविधानमा हुनुपर्ने बहस समेत भैरहेको छ।’

‘संविधान दिवस,हाम्रो सरोकार, गणतन्त्रको आधार,सवल स्थानिय सरकार’ भन्ने मुल नारा सहित भएको कार्यक्रममा  संघीय सरकारका पुर्व अर्थमन्त्रि तथा प्रतिनिधि सभा सदस्य प्रकाशसरण महत, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, संविधान सभा सदस्य राममाया बोगटी, बागमती प्रदेश सभा सदस्य रमेश कुमार महत,,राम प्रसाद ढुङ्गाना,जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरीको उपस्थिति रहेको थियोे ।

त्यस्तै कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष धुब्र श्रेष्ठ, सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले,शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी,पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ,उपाध्यक्ष विमला पाठक,तादीका उपाध्यक्ष सन्जु प्याकुरेल,सुर्यगढीका उपाध्यक्ष मन्जु वुढाथोकि,प्रहरी प्रमुख नन्द लाल शर्मा लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्