सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,असोज ३ । बिहीबार सुनको भाउ घटेको छ । छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको हो ।

बुधवार नेपाली बजारमा सुनको भाउ १ लाख ५६ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने घटेर १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि सस्तिएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १ हजार ८८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्