संविधान दिवसमा टेलिकमको ‘अफर’



काठमाडौ,असोज ३ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि संविधान दिवस अफर ल्याएको छ । 

बुधबारदेखि शुक्रबारसम्म लागु हुने उक्त अफरमा ४९ रुपियाँमै एक दिन प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट भ्वाइस सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ । 

त्यस्तै १११ रुपियाँमा पाँच दिनसम्म चलाउन सकिने छ जिबी डाटा, १९९ रुपियाँमा सात दिनसम्म चलाउन सकिने १३ जिबी डाटा, २९९ रुपियाँमा १२ दिनसम्म चलाउन सकिने २० जिबी डाटा र ३९९ रुपियाँमा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

यसै अफर अन्तर्गत ७८९ रुपियाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीले जनाएको छ । जस अनुसार प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट भ्वाइस सुविधा र दुई सय वटा एसएमएस सुविधा उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्