दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं,असोज ३ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र राज काफ्लेको इजलासले प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

उनीहरूमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्