एकीकृत समाजवादीको भन्दा बढी रास्वपाको संगठित सदस्य



काठमाडौं,असोज २ । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य संख्या १ लाख ४० हजार नाघेको छ । पार्टीको मंगलबारबाट काठमाडौंमा जारी प्रथम राष्ट्रिय भेलामा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा पार्टी सदस्यको संख्या १ लाख ४० हजार भन्दा धेरै रहेको उल्लेख गरेका छन् ।

बुर्लाकोटीले उल्लेख गरेको संख्या तीन वर्ष अघि बनेको नेकपा एकीकृत समाजवादीको भन्दा धेरै हो । हाल एकीकृत समाजवादीमा करिव १ लाख ३२ हजार संगठित सदस्य संख्या रहेका छन् ।

रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, सुदूरपश्चिममा १६ हजार ६७७ र कर्णालीमा ५ हजार ३८६ सदस्य छन् ।

रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यबाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्