रवी लामिछानेले सहकारीको पैसा अपचलन गरेको पुष्टि भयो : सभापति देउवा



काठमाडौ,असोज २ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको प्रतिक्रिया दिएका छन् ।

बुधबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा ’एक महिने विशेष अभियान’को शुभारम्भ गर्दै सभापति देउवाले संसद्मा रास्वपा सभापतिबारे कांग्रेसले उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरे।

उनले लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई अपत्यारिलो लागेको भएपनि सहकारी छानबिन समितिको अध्ययनपछि ठगी गरेको पुष्टि भएको बताए ।

संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्