सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,असोज २ । सुनको मूल्य सामान्य घटेको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

साताको तेस्रो कारोबार दिन सुनको भाउ १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको थियो । तर, आजका लागि भने घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि चाँदीको भाउ पनि घटेको छ । प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ८९० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार मंगलबार १ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्