‘येंयापुन्हि’ अर्थात् इन्द्रजात्रा पर्वको रौनक



काठमाडौं,असोज २ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मंगलवार परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइयो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । 

यसलाई येंयापुन्हि पनि भनिन्छ। यस वर्ष मंगलबार परेको इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । 

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजलाई पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रध्वजको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्