राजेन्द्र महतोद्वारा पार्टी घोषणा



काठमाडौ,असोज १ । पूर्वमन्त्री एवं राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले पार्टी घोषणा गरेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाउँदै आएका थिए ।

अभियानको विस्तारित बैठकबाट आज महतोले पार्टी घोषणा गर्दै पार्टीको नाम ’राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन् । पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।

महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ। लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्