स्याङ्जामा एक पालिका एक हुलाक स्थापना



स्याङ्जा,असोज १ । सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना गरिएको छ ।

बिरुवा गाउँपालिका–१ बिरुवा बजारमा मङगलबार पालिका हुलाक कार्यालय स्थापनासँगै स्याङ्जामा एक पालिका एक हुलाक स्थापना गरिएको हो । बिरुवामा खरदार खेम थापाको नेतृत्वमा पालिका हुलाक कार्यालय सुरु गरिएको छ । 

११ पालिका रहेको स्याङ्जामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय रहेकोमा तीन इलाका हुलाक हटाइएको हो भने एक थपिएको छ । पालिकामा रहेका इलाका हुलाक कार्यालयलाई पालिका हुलाक कार्यालय बनाइएको हो । 

प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएको पुलतीबजार नगरपालिकाको कोल्मा, आँधीखोला गाउँपालिकाको पञ्चमुल र हरिनास गाउँपालिकाको क्याक्मी हुलाक कार्यालय हटाइएको छ । नभएको बिरुवा गाउँपालिकामा थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्