हराएको बालिकाको शव जङ्गली जनावरले खाएको अवस्थामा भेटोयो



खजुरा,असोज १ । आइतबार राती करिब ८ बजेदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो ।

खोजतलासका क्रममा बेपत्ता बालिकाको घर नजिकैको जङ्गलबाट मङ्गलबार बिहान ११ बजे बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

मृतक बालिकाको घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको उनले जानकारी दिए । बेपत्ता बालिकाको खोजतलासका क्रममा आज बिहान करिब ११ बजेको समयमा शव फेला परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्