ओखलढुंगा प्रबुद्ध माविका प्रधानाध्यापक सम्पर्कविहीन



ओखलढुंगा,असोज १ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–७ को प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक मधुप्रसाद खतिवडा सम्पर्कविहीन भएका छन् । विद्यालयको कामको सिलसिलामा १० दिन अघि राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लाहान सिराहा गएका खतिवडा सम्पर्कविहीन भएका हुन् ।

लाहानबाट काठमाडौँ परिवारसँग भेट गरेर भदौ २१ गते जिल्ला फर्किएका प्रधानाध्यापक खतिवडा अहिलेसम्म विद्यालय नआई पुगेको विद्यालयका निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतले बताए ।

विद्यालयले सोमबार एक सूचना जारी गर्दै सम्पर्कविहीन भएका प्रधानाध्यापकलाई यथासक्य चाँडै विद्यालयमा आई हाजिर गर्न आग्रह गरिएको छ । अचानक सम्पर्कविहीन भएका प्रधानाध्यापक खतिवडाको खोजीका लागि उनका परिवारले काठमाडौँको टेकुमा निवेदन दिएका छन् । प्रहरीले पनि खतिवडाको खोजीकार्य गरिरहेको पारिवारिक स्रोतलाई उदृत गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्