नेपाल क्यानडासँग पराजित



काठमाडौं,असोज १ । ब्याटिङ चल्न नसक्दा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । 

सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम क्यानडाले १०३ रनले पराजित गरेको हो । खेलमा क्यानडाले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा १५० रनमै समेटियो ।

क्यानडाविरुद्ध नेपालका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । नेपाली टिमको स्कोरबोर्डमा करण केसीले सर्वाधिक २७ रन थपे । सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भीम सार्कीले १८ र गुल्सन झो १५ रन थपे । यस्तै, कुशल मल्लले १२ रन थपे ।

जितसँगै नौ खेलबाट १० अंक जोडेको क्यानडा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा दुई अंकमात्र जोडेको नेपाल तालिकाको सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्