रविले सहकारी प्रकरणमा क्लीन चिट पाएका होइनन् : डाक्टर महत



काठमाडौ,भदौ ३१ । नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लीन चिट पाइनसकेको बताएको छ ।

सोमबार सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन सदनमा पेश भएपछि संसद भवन बाहिर प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले गोर्खा मिडिया नै सहकारी ठगेको पैसाबाट चलेको पुष्टि भएको जिकिर गरे ।

उनले गोरखा मिडियाको सीईओ भएर रवि लामिछानेले सहकारी ठगीबाट आएको पैसाको तलबभत्ता खाएको पुष्टि भएकाले दोषी हुँदै होइनौं भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्