एसियाली कराते खेल्न चीन जाँदै नेपाली टोली



काठमाडौ,भदौ ३१ । करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९औँ एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका थिए । 

त्यो एसियाली खेलकुदमा कुनैपनि नेपाली कराते खेलाडीले प्राप्त गरेको हालसम्मकै एक मात्र रजत पदक हो । चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममै एसियाली क्षेत्रको करातेको सबै भन्दा ठुलो प्रतियोगिता एसियाली सिनियर करातेको २०औँ संस्करण सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ । यही प्रतियोगितामा एरिकासहित ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मङ्लबार हाङझाव प्रस्थान गर्दैछ ।

एरिकाले १९औँ एसियाली खेलकुदमा सहभागिता जनाएको महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन । त्यस्तै महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरुपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले प्रतिस्पर्धा गर्नेछन । एसिलाले एकल कातामा पनि आफ्नो कौशला प्रदर्शन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्