दुप्चेश्वर मन्दिर दर्शन गर्न आएका भक्तजनको तादी खोलाले बगाएर मृत्यु



नुवाकोट,भदौ ३१ । दुप्चेश्वर मन्दिर दर्शन गर्न आएका भक्तजनको तादी खोलाले बगाएर मृत्यु भएको छ ।

सोमबार बिहान ९ बजे मन्दिर नपुग्दै तादी खोलामा नुहाउने क्रममा एक बृद्धाको खोलाले बगाएर मृत्यु भएको मन्दिर संरक्षण समितिका एक पदाधिकारीले बताए ।

मृत्यु हुनेमा सुर्यगढी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भइ हाल नेपालटार बस्दै आएकी वर्ष ७२ की हिमकुमारी अधिकारी रहेको खरानीटार प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्