सुनको मूल्य हालसम्मकै महँगो, बनायो फेरि ऐतिहासिक रेकर्ड
काठमाडौं,भदौ ३० । सुनको मूल्यले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि अर्थात् गत शुक्रबार पनि १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । तर, आज पुनः उक्त रेकर्ड तोड्दै कीर्तिमानी उचाई कायम गरेको हो ।
यस्तै, साताको पहिलो कारोबार दिन चाँदीको भाउ पनि ह्वात्तै वृद्धि भएको छ । आज चाँदी तोलामा ४० रुपैयाँ वृद्धि भई १ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिाल्लो दिन भने १ हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।