गाजामा पाँच लाख ६० हजार बालबालिकालाई पोलियो खोप लगाइयो : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसंघ,भदौ २९ । संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ ।
गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपतकालीन खोप अभियानको पहिलो चरण बिहीबार समाप्त भएको मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए)जानकारी दिएको छ ।
ओसिएइचएका अनुसार उत्तरी गाजामा पहिलो चरणमा संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदारले एक लाख १२ हजार भन्दा बढी बालबालिकामा खोप लगाइएको छ ।
साझेदारहरूले करिब चार हप्तामा खोप अभियानको दोस्रो चरण सुरु गर्ने तयारी गरेको ओसिएइचएको कार्यालयले जनाएको छ ।
मानवतावादीले डब्ल्यूएचओको नयाँ विश्लेषणलाई उदृत गर्दै जुलाई २३ सम्म गाजामा घाइते भएका २२ हजार ५०० मानिसलाई गम्भिर चोटपटक लागेको अनुमान गरेका छन् जसलाई आगामी वर्षमा पुनर्वास सेवाहरू आवश्यक पर्छ ।
ओसिएइचएले गाजामा स्वास्थ्य प्रणालीको विनाशको बीचमा ३६ मध्ये केवल १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा रहेको जनाएको छ । सिमीतअस्पतालहरुमा पनि आक्रमण, असुरक्षा र बारम्बार निकासी आदेशको कारण प्राथमिक स्वास्थ्य लगायतका सेवासमेत पहुँचयोग्य छैनन् ।
वेस्ट बैङको तुलकार्म र टुबासमा इजरायली सेनाले गरेको पछिल्लो अपरेसनबाट प्रभावित मानिसको आवश्यकता मूल्याङ्कन गर्न मानवीय साझेदारलाई परिचालन गरेको कार्यालयले जनाएको छ जहाँ एक दर्जन प्यालेस्टिनीले मृत्यु भएको थियो ।