नुवाकोटको तादी खोलामा ठूलो बाढी, सतर्क रहन आग्रह



नुवाकोट,भदौ २६ । नुवाकोटको तादी खोलामा ठुलो बाढी आएको छ ।

वर्षा नभएको समयमा बाढी आएकाले खोला थुनिएर एक्कासि बाढी बढ्न गएको हुनसक्ने स्थानीयले बताएका छन् ।

नुवाकोट घ्याङ्फेदीमा बुधबार राति पहिरो आइ खोला थुनिएको भनिएता पनि यसको आधिकारिक पुष्टि नभएको खरानीटार प्रहरीले जनाएको छ ।

घ्याङफेदीका स्थानीयले भने सुर्यकुण्ड नजिकै पहिरो गई खोला थुनिएको हुनसक्ने बताएका छन् । वर्षाको समयमा भन्दा ठूलो बाढी आएकाले खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्