दसैँका लागि असोज १३ गतेदेखि​ सुकिला नोट साट्न सकिने



काठमाडौ,भदौ २६ । दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ। १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यसपटक दसैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो।

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन्। ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन्। नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो। यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो। एकपटक प्रयोगमा आएका भए पनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्