ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई दिएन हङ्गेरीले भिसा
काठमाडौ,भदौ २६ । नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ ।
यसअघि नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो । भारत पुगेको चेस टोलीलाई त्यहाँ पनि हङ्गेरी राजदूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले जानकारी दिए ।
नेपालका हङ्गेरीको राजदूतावास छैन । खेलाडीभन्दा बढी पदाधिकारी देखिएका कारण यसअघि नेपालस्थित जर्मन दूतावासले बुद्धिचाल टोलीलाई भिसा दिन अस्किार गरेको थियो ।
४५औँ ओलम्पियाड बुधबार देखि नै हङ्गेरीको बुढापेष्टमा सुरु भएको छ । नेपालका धेरै खेलाडी र अफिसियलले भाग लिन नपाए पनि अष्ट्रेलियाबाट बुढापेष्ट पुग्नुभएका विवेक थिङले भने ओलम्पियाड खेल्ने बुद्धिचाल महासङ्घले जनाएको छ ।
ओलम्पियाडमा सहभागी हुन नेपालीस् हेड अफ डेलिगेट्सको रूपमा महासङ्घका अध्यक्ष हेराकाजि महर्जन, महासचिव धरम बहमदुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट र सदस्य राजु ताम्राकार हङ्गेरी जाने टोलीमा थिए ।