झडपका बीच पूर्व मुख्यमन्त्री कार्की प्रहरी नियन्त्रणमा



विराटनगर,भदौ २५ । निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट हटाएको छ । प्रहरीले अनसनस्थलमा हस्तक्षेप गरी कार्कीलाई अनसनस्थलबाट नियन्त्रणमा लिएको हो । कार्कीलाई प्रहरीको गाडीमा राखेर लगिएको थियो । 

नेता कार्कीलाई अनसनस्थलबाट नियन्त्रणमा लिने क्रममा केहीबेर काँग्रेस कार्यकर्ताहरु र प्रहरी बिच झडपसमेत भएको थियो । प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई बुढीगंगास्थित निवासमा लगेर छाडिदिने जनाएको छ । 

त्यसअघि प्रहरीले निषेधित क्षेत्रबाट हट्न नेता कार्की र काँग्रेस कार्यकर्ताहरुलाई माइकिङ गरेर आग्रह गरेको थियो । तर, प्रहरीको आग्रहलाई कार्कीका समर्थकहरुले प्रहरीले अस्वीकार गरेपछि प्रहरीले साँझ ८ बजे आमरण अनसनमा बस्नुभएका कार्कीलाई नियन्त्रणमा लिएको हो । 

प्रतिक्रिया दिनुहोस्