टोखामा बुधबार शोक विदा



काठमाडौ,भदौ २५ । टोखा नगरपालिकामा भोलि बुधबार शोक विदा दिइएको छ ।

टोखा नगरपालिका वडा नम्बर १ मा कार्यरत वरिष्ठ सहायक नवराज दुलालको निधनप्रति दुख व्यक्त गर्दै नगरले एक दिन शोक विदा दिइएको नगरका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा बुधबार नगर क्षेत्रका सम्पुर्ण वडा कार्यलय तथा स्वास्थ्य संघ संस्था बन्द रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्