प्रसूतिगृहलाई एम्बुलेन्स र मेसिन



काठमाडौ,भदौ २५ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) ले एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्राप्त गरेको छ।  

बागमती प्रदेशका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पहलमा अस्पतालले एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्राप्त गरेको अस्पतालकी सूचना अधिकृत रानु थापाले जानकारी दिइन ।

थापाका अनुसार प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद दीपेन्द्रले प्रसूतिगृहलाई ५७ लाखभन्दा बढी लागतको एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्रदान गरेका हुन् ।  

एम्बुलेन्स सञ्चालनको अनुमति  प्राप्त गरिसकेकाले सोमबार सांसद दीपेन्द्रले अस्पताललाई हस्तान्तरण गर्दै एम्बुलेन्सको उद्घाटन गरेका हुन् । 

उनले भने, “एम्बुलेन्स र एनेस्थेसिया मेसिन मङ्गलबारबाट सञ्चालनमा आइसकेको छ। दीपेन्द्र श्रेष्ठ पर्यटनमन्त्री हुँदा अस्पताललाई एम्बुलेन्स र एनेस्थेसिया दिने निर्णय गरेको थियो। ” 

 

प्रतिक्रिया दिनुहोस्