पोखराका दश स्कुलमा निःशुल्क चिनियाँ भाषा पढाइने



पोखरा,भदौ २५ । पोखरा महानगरपालिकाले चिनियाँ दूतावासको सहकार्यमा १० सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ।  पोखराका स्कुलमा निःशुल्क चिनियाँ भाषा पढाउन दश चिनियाँ स्वयम्सेवक आइतबार पोखरा आइपुगेका छन् ।  अङ्ग्रेजी भाषालाई माध्यम भाषा बनाएर आगामी बिहीबारदेखि कक्षा सुरु हुनेछन्।  

पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय शिशुुवा, गौरीशंकर माध्यमिक विद्यालय हेमजामा निःशुल्क चिनियाँ भाषा पढाइ हुनेछ।  

विष्णु पादुका माध्यमिक विद्यालय हेमजा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अर्घौं र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा चिनियाँ भाषा पढाइ हुनेछ।  

चिनियाँ भाषाको एक वर्षे अध्यापनले भविष्यमा चीनमा अध्ययन गर्न चाहने र पर्यटन क्षेत्रमा लाग्न चाहने लाभान्वित हुने अपेक्षा गरिएको छ।  पोखरा महानगरका प्रमुख धनराज आचार्यले यो कार्यक्रमले विद्यार्थीको व्यक्तित्त्व विकाससहित पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उल्लेख गरे ।   

प्रतिक्रिया दिनुहोस्