कोरोना बीमा भुक्तानी विवाद : सरकारका नाममा कारण देखाउ आदेश



काठमाडौं,भदौ २५ । कोरोना बीमाको भुक्तानी विवादमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले दायर गरेको रिट निवेदनमा सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले हालसम्म सरकारले दायित्व नव्यहोरेकोमा कारण देखाऊ आदेश जारी गरेको हो । 

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले विपक्षीलाई झिकाउने आदेश समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्