तोलामा १०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति पुग्यो?



काठमाडौं, भदौ २४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १००रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर आज प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्