छहरे-टोखा सडकखण्डमा गाडी र विद्युतीय गाडी एकआपसमा ठोकिँयो



नुवाकोट,भदौ २२ । छहरे-टोखा सडकखण्डमा गाडी र विद्युतीय गाडी एकआपसमा ठोकिँएको छ ।

शनिबार काठमाडौ जादै गरेको बा ५ ख ७९६१ नम्बरको यात्रुवाहाक बस र बागमती प्रदेश ०६ ००१ ज ०२४४ नम्बरको विद्युतीय गाडी एकआपसमा ओभरटेक गर्ने क्रममा ठोकिँएको छहरे स्थित अस्थायी प्रहरी पोस्टले जनाएको छ ।

छहरे-टोखा अन्तर्गत जनज्ञान निकेतन क्याम्पस नजिकै भएको दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय विद्युतीय गाडीका चालकले अत्यन्तै तीव्र गतीमा सवारी चलाउने गरेको गुनासोलाई मध्यनजर गर्दै प्रहरी र ट्राफिक कार्यालयले निगरानीलाई बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्