नेपाल टेलिकमकाे प्रवन्ध निर्देशकमा पहाडी नियुक्त, काे हुन उनि ?



काठमाडौं,भदौ २१ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई प्रवन्धक निर्देशकमा नियुक्ति गरेको हो । टेलीकममा महिला एमडि नियुक्त गरिएकाे हाे ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्विसुब्बा गुरूङकाे प्रश्तावमा सरकारले सरकारी लगानीकाे टेलिकममा पहाडीलाई नियुक्त गरेकाे सरकारका एक मन्त्रीले अर्थपथलाई बताए ।

प्रचण्ड नेतृत्वकाे सरकारले एमडिकाे लागी ३ जनाकाे नाम छनाेट गरेकाे थियाे । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो ।

को हुन् उनी ?

संगिताले काठमाडौँको बानेश्वरमा जन्मे हुर्केर पद्मकन्या माविबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । त्रिचन्द्र क्याम्पसबाट आइएसी पढेकी उनी त्यसपछि भने इन्जिनियरिङ पढ्न भारतको मोतीलाल नेहरु रिजनल इन्जिनियरिङ कलेज पुगिन् । २०४९ सालमा स्नातक अध्ययन सकिन् । अध्ययन सकेपछि उनी दूरसञ्चार कम्पनीमा काम सुरु गरेकी थिइन् ।

उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ‘मास्टर्स इन टेलिकम्युनिकेशन’को डिग्री हासिल गरेकी छन् ।

दूरसञ्चारमा सुरुको ४ वर्ष ट्रान्समिसनमा र २०५४ देखि मोबाइल सेवामा काम गरिन् । त्यसपछि करिब २२ वर्ष उनले अनवरत मोबाइल सेवामा काम गरिन् ।

उनले मोबाइल सेवातर्फ परियोजना, सञ्चालन, मर्मत, खरिददेखि सबै क्षेत्रको अनुभव बटुलेकी पहाडी त्यसपछि टेलिकमको ‘ब्याक बोन’ मानिने ट्रान्समिसन निर्देशनालयमा काम गरिन् । त्यो विभागले मूलभूत पूर्वाधार निर्माण गर्छ । त्यहाँको अपरेसन, मेण्टिनेन्सको प्रमुखका रूपमा रहेर काम गरिन् ।

त्यसपछि फोर जी आयोजनामा नेटवर्क टिमको प्रोजेक्ट म्यानेजर भएर काम गरिन् । फेरि उनी ब्याक बोनमै फर्किन् र ११ औँ तहमा निर्देशकको भूमिकामा रहिन् । २ वर्ष त्यहाँ काम गरेपछि केन्द्रीय कार्यालयमा अर्को २ वर्ष व्यापार प्रमुखको जिम्मेवारी सफलता पूर्वक पुरा गरिन् ।

प्रमुख व्यावसायिक अधिकृत भएर काम गरेकै बेला प्रतिभा वैद्य सेवानिबृत्त भएपछि उनले ‘चिफ टेक्निकल अफिसर’को रूपमा काम गरिन् । उनले दूरसञ्चार कम्पनीमै करिब ३१ वर्षको अनुभव छ । सोही अनुभव संगालेर कम्पनीको नेतृत्व तहमा पुगेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्