बङ्गलादेशका निर्वाचन प्रमुखद्वारा राजीनामा



ढाका,भदौ २० । बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिएका छन् । जनवरीमा भएको निर्वाचनमा उनले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका थिए । उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनः निर्वाचित भएका थिए । हसिना विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनपछि देश छाडेर भागेकी थिइन ।

काजी हबिबुल अवाल र मुलुकका चार अन्य आयुक्तले पूर्वप्रधानमन्त्री हसिनाको निष्कासनलाई त्यसो गर्नुको कारण औँल्याएर राजीनामा दिए ।

उनहरू केन्द्रीय बैङ्कका गभर्नर र सर्वोच्च अदालतका न्यायाधीशहरूसहित हसिनाको पलायनपछि आफ्नो पद छाड्ने हसिनाद्वारा नियुक्त सार्वजनिक अधिकारीहरूमध्ये पछिल्लो हुन ।

“मुलुकको बदलिँदो परिदृश्यलाई ध्यानमा राख्दै म र अन्य आयुक्तहरूले राजीनामा दिने योजना बनायौँ”, अवालले पत्रकारहरूसँग भने ।

प्रतिक्रिया दिनुहोस्