मानव बेचबिखन विरुद्धको दिवसमा प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त



काठमाडौ,भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिएका छन्  ।  “तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा उनले शुभकामना व्यक्त गरेका हुन । 

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यता कै कलङ्क र जघन्य अपराध हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरूप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको उनले बताए । नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरूमा घरेलु कामदारका रूपमा जाने क्रममा अधिकांश महिलाहरू बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीहरू समेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेको शुभकामना सन्देशमा बताएका छन्  । 

बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्दै लिने नीति लिएको छ । गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका आपराधिक कार्य पूर्ण रूपमा नियन्त्रण गर्न नेपाल सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध उनले शुभकामना सन्देश मार्फत बताएका हुन । 

मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनहरूको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्