शिक्षाविद् कहलिन विद्यावारिधि अनिवार्य



काठमाडौ,भदौ १८ । शिक्षाविद्को पहिचान बनाउन चाहने व्यक्तिले विद्यावारिधि उपाधि हासिल गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद्को योग्यता तोकेको हो । 

सरोकारवालासँग छलफल गरेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिनिधि सभामा बिहीबार पेस गरेको विधेयकको प्रतिवेदनमा यस्तो योग्यता तोकेको हो । 

समितिले विधेयकमाथि दफावार छलफल गरेर सुझावसहितको प्रतिवेदन मङ्गलबार प्रतिनिधि सभामा पेस गरेको हो । विधेयकको दफा २ मा शिक्षाविद्को योग्यता तोकिएको छ । जसमा ‘शिक्षाविद् भन्नाले नेपाल सरकारद्वारा मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको र अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको व्यक्ति सम्झनुपर्ने छ’ भन्ने उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्