एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीद्वारा कांग्रेस–एमाले सहकार्यबारे ब्रिफिङ



काठमाडौ,भदौ १८ । नेकपा (एमाले) को मंगलबार दिउँसो बसेको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यबारे ब्रिफिङ गरेका छन् । 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले आजको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशको समसामयिक विषयमा विश्लेषण गर्दै सो बिफ्रिङ गरेको जानकारी दिए ।

गौतमले भने, “आजको बैठकमा मूलतः दुई वटा कुरा भए। एउटा, पार्टीको पोलिटब्युरोको तेस्रो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रारम्भ भयो। उनले पहिले सम्बोधन गर्दै देशको समसामयिक विषय, हाम्रो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक तथा राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै कांग्रेस-एमाले सहकार्यको बारेमा उनले कुरा राखे ।”

प्रतिक्रिया दिनुहोस्