प्रचण्डलाई सांसदको प्रश्न: मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?



काठमाडौ,भदौ १८ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति जनाएका छन्  । उनले पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलङ्का र बङ्गलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताए । 

उनले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत हुने बताए । उनले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अप्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताए । उनले अहिलेको गठबन्धन रातमा कहाँ गर्‍यो ? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गरे । 

उनले भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरेको भन्दै सुनकाण्ड कहाँ गयो ? कति जना जेलमा छन् भन्दै प्रश्न गरे । उनले नेताहरूकै कारणबाट यो देश यहाँसम्म आइपुगेको बताए । स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको उनको भनाइ छ।  

प्रतिक्रिया दिनुहोस्