गत महिना ७२ हजार ७१९ पर्यटक नेपाल आए



काठमाडौं,भदौ १८ । गत वर्षको अगष्ट महिनाको तुलनामा यस वर्षको सोही महीनामा विदेशी पर्यटकको नेपाल आगमन बढेको छ । तर, अध्यागमन विभागको तथ्यांकअनुसार यो संख्या महामारीअघिको अवस्थामा पुग्न भने अझै सकेको छैन। सन् २०१९ को अगष्टमा नेपाल आएका पर्यटकको संख्याको तुलनामा यो वर्षको सोही महिनामा नेपाल आउने पर्यटकको संख्या २३.२५ प्रतिशतले कमी देखिएको छ ।  

पछिल्लो अगष्टमहिनामा ७२ हजार ७सय १९ विदेशी पर्यटक नेपाल आएका थिए । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२९ प्रतिशतले बढी हो । गत वर्षको अगष्टमहिनामा ६७ हजार १५३ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।   

सन् २०१९ मा ११ लाख ९० हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने अगस्टमा मात्रै ९४ हजार ७ सय ४९ पर्यटकले भ्रमण गरेका थिए । सन् २०२० मा पर्यटक आगमन २ लाख ३० हजार ८५ मा झरेको थियो भने सन् २०२१ मा घटेर १ लाख ५० हजार ९ सय ६२ मा झरेको थियो ।कोभिड–१९ को सङ्क्रमणमा कमी र खोपको उपलब्धतासंगै देशहरूले बन्द गरिएका सीमाहरू खोल्न थालेपछि सन् २०२२ मा विदेशी पर्यटकको आगमन ६,१४,८६९ पुगेको थियो । गत वर्ष भने देशले १० लाख भन्दा बढी पर्यटकहरू नेपाल आएका थिए ।

कोभिड–१९ को सङ्क्रमणमा कमी र खोपको उपलब्धतासंगै देशहरूले बन्द गरिएका सीमाहरू खोल्न थालेपछि सन् २०२२ मा विदेशी पर्यटकको आगमन ६,१४,८६९ पुगेको थियो । गत वर्ष भने देशले १० लाख भन्दा बढी पर्यटकहरू नेपाल आएका थिए ।

गत महिना सार्क मुलुकबाट आएका जम्मा पर्यटकको संख्यामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । भारतबाटमात्रै  २५ हजार ८३२ अर्थात् ३५.५ प्रतिशत पर्यटक नेपाल आएका थिए । त्यसपछि क्रमश: चीन, अमेरिका, श्रीलङ्का र बङ्गलादेशका पर्यटक नेपाल आएका थिए । गत महिना पनि युरोपेली मुलुकबाट करिब १० हजार पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्