महिला फुटबल लिग : बागमतीको फराकिलो जित



काठमाडौ,भदौ १७ । बागमती यूथ क्लबले एन्फा महिला फुटबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो । 

बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक पूरा गरिन । साहारा लिम्बू र आरती भुजेलले एक एक गोल थपे । सुदूरपश्चिमका लागि तुल्छा बोहोराले सान्त्वना गोल फर्काए ।

अस्मिता प्लेयर अफ दी म्याच घोषित भइन । जितसँगै बागमतीले तीन अङ्क बनाएको छ । सुदूरपश्चिमले हारबाट लिगको सुरुवात गरेको छ । लिगमा १० टोलीको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्