डेंगुबाट एकको मृत्यु
नारायणगढ,भदौ १७ । डेंगुका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनमा डेँगुले मृत्यु हुने यो पहिलो घटना हो ।
चितवनका जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवन मेडिकल कलेजमा उपचार भइरहेका एक जना पुरुषको डेँगुका कारण मृत्यु भएको हो ।
चितवनमा पछिल्लो २४ घण्टामा १४ जनामा डेँगु सङ्क्रमण देखिएको कार्यलयले जनाएको छ । चितवनमा यो वर्ष परीक्षण गरिएका ३ हजार ४४ परीक्षणमध्ये ७२७ जना सङ्क्रमित भएको तथ्याङ्क छ ।