नुवाकोट अखिल (क्रान्तिकारी)को अध्यक्षमा पनेरु



नुवाकोट,भदौ १६। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटको अध्यक्षमा राजेन्द्र पनेरु चयन भएका छन् ।

शनिबार सम्पन्न अखिल (क्रान्तिकारी) नुवाकोटको १७औँ जिल्ला सम्मेलनले पनेरुको नेतृत्वमा ३३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र थापा, उपाध्यक्षहरुमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष रामेश्वोर वाग्ले, सचिव कपिल साह, सहसचिव निराजन दाहाल, कोषाध्यक्ष रोजिना तामाङसहित ३३ सदस्य जिल्ला समिति चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्